लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

नेपालगंज, बाँके।

वि.स.१९९६ सालमा व्यवसायिक तालीमको माध्यमबाट रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य लिई नेपाली कपडा र घरेलु ईलम प्रचार अड्डाको नाममा यस विभागको स्थापना भएको थियो । उक्त उद्देश्य परिपूर्तिको लागि आ.व २०१३÷१४ मा घरेलु ईलम केन्द्र भनी नामाकरण गरियो र आ.व. २०२१÷२२ मा अञ्चल केन्द्रको अवधारणा लिई मुलुकभर १४ अञ्चलमा केन्द्रहरु खडा गरी निर्धारित उद्देश्य अनुरुप व्यवसायिक तालिमहरु सञ्चालन गरिए । त्यसपछि क्षेत्रीय र जिल्ला स्तरीय कार्यालयहरु खुले । उद्योग प्रशासनको कार्य समेत गर्ने गरी वि.स. २०३० सालमा विभागको कार्यक्षेत्र विस्तार गरीयो र विभागको नाम घरेलु तथा ग्रामीण उद्योग विभाग रहयो । विस्तारित कार्यक्षेत्र अनुरुप ७५ वटै जिल्लामा जिल्लास्तरीय कार्यालयहरु स्थापना गरिए । वि.स २०४९ सालमा विभागको संरचनामा पुनः परिवर्तन भई साना उद्योगको समेत प्रशासन गर्ने गरी कार्यक्षेत्रमा थप विस्तार गरी “घरेलु तथा साना उद्योग विभाग” नामाकरण गरियो । यसै संरचना बमोजिम साविकका क्षेत्रीय कार्यालयहरु खारेज गरी जिल्ला स्तरीय कार्यालयमा कायम भयो । खास गरेर तालिम कार्यक्रममा दोहोरोपन ९म्गउष्अिबतष्यल० हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला विभाग अन्तरगत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तरगत राखी कार्य संचालन गर्ने नीति अख्तियार गरियो । तर तालीम वाहेक उद्योग प्रशासनको हकमा विभागबाट अख्तियारी प्रदान गरी उक्त ४८ कार्यालय समेतलाई उद्योग प्रशासनको कार्यभार तोकियो जुन नीति हालसम्म पनि कायमै रहेको छ ।